काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा ६ हजार ८ सय २५ जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार दिएको जानकारी अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको २१ हजार ७७३ नमुना परीक्षण मध्ये ६ हजार ८२५ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै २४ घण्टामा ५ हजार ९०४ जना संक्रमित कोरोनामुक्त भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ४ लाख ६७ जार ४६७ पुगेको छ । मन्त्रालयका अनुसार नेपालमा कोरोना निको हुने दर ८१ प्रतिशत रहेको छ ।
यस्तै, पछिल्लो २४ घण्टामा ७५ जना संक्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म ७ हजार ६३० जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।




प्रतिक्रिया