काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार २० हजार १८७ वटा स्वाब नमुनाको परीक्षण गर्दा १० हजार २ सय ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज १६ जनाको मृत्यु भएको छ भने ७०८ जना संक्रमणमुक्त भएका छन् । हाल ७२ हजार ८६२ संक्रिय संक्रमित छन् । त्यस्तै काठमाण्डु उपत्यकामा मात्रै ५ हजार ३०६ जना संक्रमित थपिएका छन् ।
काठमाण्डुमा ३ हजार ७६२, ललितपुरमा १ हजार। ११० र भक्तपुरमा ४३४ जना संक्रमित थपिएको मन्त्रालयलको तथ्यांकले देखाएको छ ।




प्रतिक्रिया