पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमित निको भए

पछिल्लो २४ घण्टामा ८ हजार ६६३ जना संक्रमित निको भए

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ६ हजार ६ सय ५३ जना संक्रमित थपिएका छन् । योसंगै कुल संक्रमितको संख्या ५ लाख ८१ हजार ५ सय ६० पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै गत २४ घण्टामा ८ हजार ६६३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा कोरोना निको हुनेको कूल संख्या ४ लाख ७६ हजार १३० पुगेको छ । निको हुने दर बढेपछि सक्रिय संक्रमितको संख्यामा पनि कमि आएको छ ।

मन्त्रालयको आँकडा अनुसार हाल नेपालमा ९७ हजार ६९९ जना सक्रिय संक्रमित रहेका छन् । त्यस्तै आज १०१ जना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । योसँगै मृत्यु हुने कूल ७ हजार ७३१ जना पुगेको छ ।

हाल नेपालमा कोरोना निको भएको दर ८१.९ प्रतिशत रहेको छ भने ७५५ जना क्वारेन्टिनमा रहेका छन् ।