काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ४ हजार ३सय ४४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ९५ जना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसंगै हालसम्म नेपालमा ६ लाख १५ हजार ६ सय ५२ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले जानकारी दिए। यस्तै आज ५ हजार ७ सय ४ जना संक्रमित निको भएका छन्।
आज देशभर ८० हजार ३सय ३६ सक्रिय संक्रमित छन् । त्यसैगरी, पछिल्लो २४ घण्टामा देशभर ८१ जना संक्रमितको मृत्यु भएको छ। याेसंगै कोरोनाबाट मृत्युहुनेको संख्या ८ हजार १सय ७९ पुगेको छ ।




प्रतिक्रिया