काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा ११ हजार ३ सय ५२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा २३ हजार जनामा गरिएको पीसीआर र एन्टिजेन परीक्षणमा ११ हजार ३ सय ५२ जनामा संक्रमण पुष्टि भएको हो । नेपालमा यो संक्रमण हालसम्मकै उच्च भएको मन्त्रालयका सहायक प्रवक्ता समीर कुमार अधिकारीले बताए ।
त्यस्तै आज ६ सय १३ जना कोरोनामुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका छन् भने ४ जनाको मृत्यु भएको छ । यसैबीच काठमाण्डु उपत्यकामा भक्तपुरमा ५७८, ललितपुरमा १ हजार १९ र काठमाण्डुमा ४ हजार ६६६ जना गरी ६ हजार ३४३ जना संक्रमित भएका छन् ।




प्रतिक्रिया