काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा दुई हजार ५ सय २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार ११ हजार ७३ नमुना परीक्षण गर्दा दुई हजार ५ सय २६ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज ८४२५ जना डिस्चार्ज भएका छन् । योसँगै देशभर सक्रिय संक्रमित संख्या ५६ हजार ४५७ रहेको छ । त्यसैगरि आज कोरोना संक्रमणका कारण नेपालमा १६ जनाको मृत्यु भएको छ ।
सोही अवधिमा काठमाण्डु उपत्यकामा ७४५ जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाण्डुमा ५७०, ललितपुरमा १२० र भक्तपुरमा ५५ जना संक्रमित थपिएका हुन् । त्यसैगरि एकैदिनमा ५ लाख १३ हजार ५१ जनाले कोभिडविरुद्धको खोप लगाएका छन् ।




प्रतिक्रिया