काठमाण्डु – पछिल्लो १४ घण्टामा नेपालमा पाँच हजार १५३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पीसीआर विधिबाट १२ हजार ६५ जनाको परीक्षण गर्दा ३ हजार ८७० र एन्टिजेन विधिबाट ५ हजार ६११ जनाको परीक्षण गर्दा जम्मा १ हजार २८३ जनामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या ५ लाख ९५ हजार ३६४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
गत २४ घण्टामा हजार ५७० जना संक्रमणमुक्त भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ५ लाख ४ हजार ५३० पुगेको छ । आज थप १०८ जनाको मृत्यु भएको छ । योसँगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ८ हजार ९८ पुगेको छ ।




प्रतिक्रिया