काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा थप ३ हजार ३८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ८ हजार ५०६ जनाको पीसीआर परीक्षण गर्दा २ हजार ३८२ जना र ५९८८ जनाको एन्टिजेन परीक्षण गर्दा १००२ जनामा संक्रमण पुष्टि भएको हो ।
आज ६ हजार २९५ जना संक्रमणमुक्त भएकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कूल संक्रमितमध्ये ५ लाख २७ हजार १११ जना निको भएका छन् । हालसम्म निको हुने दर ८६.९ प्रतिशत रहेको छ ।
त्यस्तै देशभर सक्रिय संक्रमितको संख्या घटेर ७१ हजार ३०१ पुगेको छ । यही अवधिमा थप ६१ जनाको मृत्यु भएको छ । नेपालमा ८ हजार ३६६ जनाको मृत्यु भइसकेको छ । नेपालमा मृत्युदर १.६ प्रतिशत रहेको छ ।




प्रतिक्रिया