साेमबार २ हजार ९१८ जना संक्रमित थपिए, ५,१४७ जना डिस्चार्ज


काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार देशभर गरिएको १४८१४ नमुना परीक्षणबाट २ हजार ९१८ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै देशभरमा आज ५ हजार १४७ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमित भई निको हुनेको संख्या ५,३६,२५२ पुगेको छ ।

त्यस्तै ५३ जनाको कोरोनाबाट मृत्यु पुष्टि भएको छ । यो सहित हालसम्म कोरोनाबाट ८ हजार ४६५ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement