बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

बुधबार २ हजार ४८२ जनामा संक्रमण पुष्टि, ४४ जनाको मृत्यु

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा २ हजार ४ सय ८२ नयाँ संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभर १५ हजार २९० परीक्षण गरिएकोमा २ हजार ४ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज १ हजार ७८१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा देशरभर थप ४४ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हनेको संख्या १० हजार ६ सय १२ पुगेको छ ।

यस्तै काठमाण्डु जिल्लामा ५ सय १५ जनासहित उपत्यकामा ७४५ जनामा संक्रमण पुष्टि भएको छ ।