काठमाण्डु – पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका १ सय ७१ जना सङ्क्रमित थपिएका छन् ।
यो सँगै नेपालमा कोरोनाका कुल सङ्क्रमितको संख्या दुई लाख ७१ हजार २ सय ८९जना पुगेको मंगलबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ ।
पछिल्लो चौबीस घण्टामा दुई हजार ९४६ जनाको पीसीआर परीक्षण गर्दा एक सय ७१ सङ्क्रमित थपिएका हुन् ।
अहिलेसम्म २० लाख ७८ हजार ९८ वटा पीसीआर परीक्षण भइसकेको छ । देशका विभिन्न अस्पतालबाट २५९ जना सङ्क्रमित निको भई घर फर्केको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना निको हुनेको संख्या दुई लाख ६६ हजार ८५९जना पुगेको छ । पछिल्लो चौबीस घण्टामा एकजना सङ्क्रमितको मृत्यु भएको छ । नेपालमा हालसम्म मृत्यु हुनेको संख्या दुई हजार ३० पुगेको छ ।




प्रतिक्रिया