काठमाण्डु – नेपालमा पछिल्लो २४ घण्टामा ४ सय ३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । ती मध्ये १ सय ६१ जना महिला र २ सय ४२ जना पुरुष संक्रमित भएका हुन् ।
यो संगै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएकाे जानकारीअनुसार कुल संक्रमितको संख्या २ लाख ६६ हजार ५ सय ४६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ४ सय ५ जना संक्रमित डिस्चार्ज भएका छन् । हालसम्म नेपालमा २ लाख ६० हजार १ सय ७७ जना कोरोना संक्रमित निको भएका छन् ।
त्यसैगरि पछिल्लो २४ घण्टामा ५ सय ३२ जनाको पीसीआर परीक्षण गरिएको छ भने हालसम्म २० लाख २ हजार ४१ जनाको पीसीआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १९ सय ४३ पुगेको छ ।




प्रतिक्रिया