काठमाण्डु – कोरोना भाइरसविरुद्धको खोप लगाउन अब विद्युतिय दर्ता नम्बर चाहिने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्देशनअनुसार स्वास्थ्य कार्यालय काठमाण्डुले विद्युतिय नम्बर दर्ता नम्बर भएमात्र खोप लगाउन पाउने निर्णय गरेपछि विद्युतिय दर्ता नम्बर आवश्यक पर्ने भएको हो ।
स्वास्थ्य कार्यालयले सूचना जारी गरेर ५० वर्ष वा सो भन्दा मुनिका नागरिकले खोप लगाउन विधुतिय दर्ता नम्बर ल्याउनुपर्ने जानकारी दिएको छ ।
अबदेखि १८ वर्ष देखी ५० वर्षका नागरिकलाई अनलाइन दर्ता गरी सो नम्बर लिएर आउन समेत अनुरोध गरीएको छ ।




प्रतिक्रिया