यसरी लगाइयो देशभर कोरोना खोप (फोटो फिचर)

यसरी लगाइयो देशभर कोरोना खोप (फोटो फिचर)


काठमाण्डु – नेपालमा आजदेखि कोरोना भाइरस विरुद्धको खोप अभियान सुरु भएको छ ।

भारत सरकारले अनुदानस्वरुप दिएको १० लाख डोज खोप आजदेखि वितरण गर्न थालिएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको सुभारम्भ गरेसँगै सातै प्रदेशमा पहिलो चरणको खोप लगाउन थालिएको हो ।

पहिलो चरणमा आज स्वास्थ्यकर्मी, सरसफाइकर्मी, एम्बुलेन्स चालक, शव व्यवस्थापन गर्ने व्यक्ति, खोप केन्द्रमा खटिने सुरक्षाकर्मी, वृद्धाश्रममा काम गर्ने कर्मचारीलाई दिइँदै छ ।

खोपको पहिलो दिन १२ हजार जनालाई खोप लगाइने स्वास्थ्यमन्त्री हृदेश त्रिपाठीले जानकारी दिएका छन् । पहिलो चरणको खोप अभियान १० दिनमा सकिने मन्त्री त्रिपाठीले बताएका छन् ।