नेदरल्याण्ड्सले लगायो अक्सफोर्डको कोरोना खोप प्रयोगमा प्रतिबन्ध

नेदरल्याण्ड्सले लगायो अक्सफोर्डको कोरोना खोप प्रयोगमा प्रतिबन्ध

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी – कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपमा नेदरल्याण्ड्सले प्रतिबन्ध लगाएको छ । त्यहाँको सरकारले चैत १६ गतेसम्मका लागि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन बन्द गरेको हो ।

गम्भीर ‘साइड–इफेक्ट’ लाई ध्यानमा राखेर तत्कालका लागि खोपको प्रयोग रोकिएको नेदरल्याण्ड्स सरकारले जनाएको छ । यसअघि रिपब्लिक अफ आयरल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोपको प्रयोग तत्कालका लागि बन्द गरेको थियो ।

नर्वेमा खोप लगाएका एक वयस्कमा रगत जम्ने समस्या देखिएको थियो । तर विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले भने यो खोप र रगत जम्ने समस्यासँग कुनै सम्बन्ध नरहेको जनाएको छ ।

युरोपियन मेडिसिन एजेन्सी (ईएमए) ले खोप र रगत जम्ने समस्याकाबारेमा अनुसन्धान गरिरहेको छ । यसअघि डेनमार्क, नर्वे, बुल्गेरिया, आइसल्याण्ड्स र थाइल्याण्ड्सले पनि अक्सफोर्ड–एस्ट्राजेनेकाको खोप लगाउन तत्कालका लागि बन्द गरेका थिए ।