११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिडविरुद्धको खोप लगाइने

११ वर्षसम्मका बालबालिकालाई असार ९ गतेदेखि कोभिडविरुद्धको खोप लगाइने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – पछिल्लो तीन दिनमा देशभर तीन लाख ८५ हजार ९०६ जनाले कोरोना भाइरस विरुद्धको खोप लगाएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार यही जेठ २९, ३० र ३१ गते तीन लाख ८५ हजार ९०६ जनाले कोभिडविरुद्धको खोप लगाएका हुन् ।

नेपालमा हालसम्म १२ वर्षमाथिका ९६.४ प्रतिशतले पहिलो मात्रा र ८५.७ प्रतिशतले पूर्ण मात्र खोप लगाएका छन् । ‘बुस्टर डोज’ लगाउनेको संख्या ५५ लाख ६७ हजार १९४ छ ।

पाँचदेखि ११ वर्षसम्मका बालबालिकालाई यही असार ९ गतेदेखि कोभिड–१९ विरुद्धको खोप दिन लागिएको मन्त्रालयले जनाएको छ ।