आजदेखि १३ हजार पत्रकारलाई काेराेनाकाे खोप लगाइँदै, प्रेस पास अनिवार्य

आजदेखि १३ हजार पत्रकारलाई काेराेनाकाे खोप लगाइँदै, प्रेस पास अनिवार्य


काठमाण्डु – नेपाल सरकारको दोस्रो चरणको खोप अभियानअन्तर्गत आजदेखि अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई लगाइने भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि कोरोना भाइसरविरुद्धको विरुद्धको कोभिशिल्ड खोप अग्रपङ्तीमा काम गर्ने १३ हजार पत्रकारलाई उपलब्ध गराउने भएको हो ।

भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप पहिलो चरणमा प्राथमिकतामा परेका व्यक्तिलाई लगाइएपछि आजदेखि पत्रकारलाई लगाउने तयारी भएको हो । मन्त्रालयका अनुसार आजदेखि पाँच दिनसम्म अग्रपङ्तीमा काम गर्ने पत्रकारलाई निजामती कर्मचारी अस्पताल नयाँ बानेश्वरबाट खोप दिइने छ ।

खोप लगाउने पत्रकारको विवरण स्वास्थ्य सेवा विभागमा उपलब्ध गराउन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई आवश्यक समन्वय गर्न समेत आग्रह गरेको छ । खोप लगाउन पत्रकारले आफ्नो परिचय पत्र खुल्ने गरी सूचना विभागको प्रेस पास लिएर जानुपर्ने बताइएको छ ।

देशभर पहिलो चरणको खोप एक लाख ८४ हजार ८५७ जनालाई लगाइसकिएको छ । साथै आजदेखि नै कुटनितीक आयोगका पदाधिकारी समेत खोप लगाइदै छ ।