काठमाण्डु – सरकारले भोलिदेखि काठमाण्डु उपत्यकामा भेरोसेलको पहिलो मात्रा खोप लगाउने भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यकाका तीन वटै जिल्लामा भोलिदेखि १८ गतेसम्म ५० वर्षमाथिका नागरिकलाई भेरोसेलको पहिलो मात्रा खोप लगाउने जानकारी दिएको हो ।
काठमाण्डु महानगरपालिकाका ३२ वडामा खोप केन्द्र सञ्चालन हुने र अत्यावश्यक सेवाका व्यक्तिहरुको हकमा पाँचवटा अस्पताललाई खोप केन्द्र तोकिएको छ ।
जसमा राधास्वामी आइसोलेसन सेन्टर सामाखुशि, वीर अस्पताल काठमाण्डु, निजामती अस्पताल नयाँ बानेश्वर, टिचिङ अस्पताल महाराजगञ्ज तथा शुक्रराज ट्रपिकल तथा सरुवा रोग केन्द्र टेकु रहेका छन् ।
खोप लगाउन जाँदा नागरिकतालगायत परिचय खुल्ने प्रमाणपत्र साथमा राख्न अनुरोध गरिएको छ ।





प्रतिक्रिया