काठमाडौं – प्रहरीले नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का उपाध्यक्ष सीपी गजुरेललाई पक्राउ गरेको छ ।
उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेललाई सीमासम्बन्धी विषयमा ज्ञापनपत्र बुझाउन जान लागेका गजुरेलसहित क्रान्तिकारी माओवादीका महासचिव परी थापा र नेता पवनमान श्रेष्ठलगायतलाई प्रहरीले सिंहदरबार गेटबाट पक्राउ गरेको हो ।
रक्षामन्त्रीलाई ज्ञापन पत्र बुझाउन भनी ठूलो समूह सिंहदरबार प्रवेश गर्न लाग्दा गजुरेलसहितलाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी विश्वराज पोखरेलले जानकारी दिए । प्रहरीमाथि ढुंगामुढा गर्ने गजुरेलसहित अन्य १० जना समेत पक्राउ परेका छन् ।




प्रतिक्रिया