एमसीसी कार्यान्वयन गरे अमेरिकी सेना नेपाल आउँछः सिपी गजुरेल

एमसीसी कार्यान्वयन गरे अमेरिकी सेना नेपाल आउँछः सिपी गजुरेल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं – देशभक्त गणतान्त्रिक मोर्चाले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन गरे अमेरिकी सेना नेपाल आउने भन्दै आपत्ति जनाएको छ ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली समक्ष ज्ञापनपत्र बुझाउँदै एमसीसी कार्यान्वयन गर्न नहुने र भारतले नेपालको लिम्पियाधुरा, कालापानी, लिपुलेक लगायतका स्थान कब्जा गरेको तर्फ सरकारको ध्यानाकर्षण गराएको छ ।

मोर्चाका संयोजक सिपी गजुरेलले आफुहरुले उनले प्रधानमन्त्री ओलीले एमसीसी संसदबाट पास हुने र कार्यान्वयनमा ल्याउने तयारी भइरहेको जानकारी दिएको बताए ।

त्यस्तै नेपालको लिम्पियाधुरा, कालापानी तथा लिपूलेक लगायतमा भारतले मिचेको भूमि फिर्ता गर्न सचिवस्तरबाट वार्ता गर्ने तयारी भइरहेको प्रधानमन्त्री ओलीले बताएको संयोजक सिपी गजुरेलले जानकारी दिए ।

संयोजक गजुरेलले एमसीसी कार्यान्वयनमा आए नेपालमा अमेरिकी सेनाको प्रवेश भएर नेपाललाई अफगानिस्तान, इराक र सिरिया बनाउने सम्भावना रहेको बताए ।

उनले ५५ अर्ब रुपैयाँ पाउने लोभमा नेपालको स्वतन्त्रतामाथि आँच पुग्‍ने काम सरकारले गर्न लागेको जिकिर गरे ।