सिपी मैनालीको प्रश्नः एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलनबाट किन अर्कै प्राप्त भयो ?

सिपी मैनालीको प्रश्नः एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलनबाट किन अर्कै प्राप्त भयो ?


काठमाण्डु – नेकपा मालेका महासचिव सिपी मैनालीले नेपालमा व्यवस्था बदलिए पनि अवस्था नफेरिएको टिप्पणी गरेका छन् ।

नेकपा माओवादी केन्द्रको आठौँ महाधिवेशनमा शुभकामना व्यक्त गर्दै महासचिव मैनालीले जनताका गुनासो नेताहरुले सुन्नुपर्ने बताए । उनले नेपाल कतै प्रयोगशालामात्र बन्ने त होइन भनी चिन्ता पनि व्यक्त गरे ।

‘इतिहासले विगतका हाम्रा आन्दोलनलाई जनताको अधिकार प्राप्तिको नाममा हुने गरेको प्रयोगशालामा मात्र सीमित गरिदिने त होइन ? एउटा लक्ष्य प्राप्तिका लागि गरिएको आन्दोलनबाट किन अर्कै प्राप्त भयो ?,’ उनले भने, ‘त्यो घोषित लक्ष्य किन पुरा भएन ? यी प्रश्नको जवाफ खोज्दै महाधिवेशन सफलतापूर्वक सम्पन्न होस् ।’