कांग्रेस–एमाले गठबन्धन भत्काउन बाह्य शक्ति लागेको छ : सीपी मैनाली

कांग्रेस–एमाले गठबन्धन भत्काउन बाह्य शक्ति लागेको छ : सीपी मैनाली


काठमाण्डु – नेकपा मालेका महासचिव सीपी मैनालीले नेकपा एमाले र नेपाली कांग्रेसको सत्ता समीकरण भत्काउन बाह्य शक्ति लागेको खुलासा गरेका छन् ।

शनिबार काठमाण्डुमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले एमाले र कांग्रेस मिलेको खण्डमा २०८४ सम्मै सरकार अघि बढ्ने भए पनि बाह्य शक्ति सरकार भत्काउन लागेको बताए ।

अहिलेको सरकार भत्काउनका लागि बाह्य शक्तिलाई कतिपय देशभित्रका शक्तिहरूले पनि साथ दिइरहेका उनले बताए । उनले बाह्य शक्ति, अन्तरविरोध र दलाल पुँजीवाद, सामन्तवादी प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।

‘बाह्य शक्ति यिनीहरूलाई मिल्न नदिने भनेर लागिरहेको छ । देशभित्रका कतिपयले पनि त्यो बाह्य शक्तिको कुरामा च्याखे लगाइरहेका छन् । त्यसले गर्दा यति संख्याले बहुमत नै भए पनि सरकार ढल्न कुनै आइतबार लाग्दैन । किनभने बाह्य शक्ति अहिले हाबी छ,’ उनले भने ।