सीपी मैनालीसहित घाइते सबैलाई सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइयो


काठमाडौं – बिहीबार दिउँसो झापाबाट काठमाडौं आउने क्रममा बर्दिवास नगरपालिका–३ चिसापानीमा कार दुर्घटनामा परेका नेकपा (माले)का महासचिव सीपी मैनालीलाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

मैनाली चढेको बा ४ च २१२० नम्बरको कार विपरीत दिशाबाट आएको ना४ख ७६६८ नम्बरको पिकअप भ्यानसँग ठोक्किँदा मैनाली चढेको कार दुर्घटना भएको हो ।

दुर्घटनामा मैनालीसहित कारमा सवार घाइते ५ जनालाई थप उपचारका लागि नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौं ल्याइएको छ । उनीहरुलाई काठमाडौंको ग्रान्डी हास्पिटल लगिएको प्रहरीले जनाएको छ ।

घाइते मध्ये मैनालीको अवस्था गम्भीर रहेको महोत्तरीका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले जानकारी दिए । दुर्घटनामा मैनालीका छोरा सरोज मैनाली, बुहारी पूजा मैनाली, नाति पीएन मैनाली र चालक रामप्रसाद पौडेल पनि घाइते भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement