स्वास्थ्यकर्मी र कामदारलाई चिनियां कम्युनिष्ट पार्टीको ७५ करोड डलर सहयोग

स्वास्थ्यकर्मी र कामदारलाई चिनियां कम्युनिष्ट पार्टीको ७५ करोड डलर सहयोग

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

एजेन्सी-   चीनको कम्युनिस्ट पार्टीको केन्द्रीय समीति र अर्थ मन्त्रालयलले संयुक्त रुपमा कोभिड–१९ बिरुद्धको राष्ट्रिय लडाईका लागि अग्रपंक्तिका रहेका स्वास्थ्यकर्मी र अन्य कामदारलाई सहयोग गर्ने बताएका छन् ।पार्टीको संगठन विभागले अर्थ मन्त्रायलाई ५.२८ अर्ब युआन अर्थात ७५ करोड डलरको सहयोग हस्तान्तरण गरेको छ ।

अग्रपंक्तिमा खटिएर मृत्यु भएका स्वास्थ्यकर्मीका परिवार यो सहयोग लिनका लागि योग्य हुनेछन् । यसैगरी केही तल्लो तहका अधिकारी, सार्वजनिक सुरक्षा अधिकारी, सामुदायीक कामदार, स्वयंसेवी र अग्रपंक्तिका पत्रकारहरुले पनि यो सहयोग प्राप्त गर्ने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

बिहीबार देशभरी रहेका ७ करोड ९० लाख कम्युनिस्ट पार्टीका सदस्यहरुले ८.२६ अर्ब युआन सहयोग गरेको सिन्ह्वा समाचार संस्थाले जनाएको छ । यो सहयोग कोरोनाभाइरसको रोकथाम र नियन्त्रण्का लागि हुनेछ । सहयोगको कार्यक्रम जारी रहने सीपीसीले जनाएको छ ।