प्रधानमन्त्रीको भारत भ्रमणअघि चीनबाट उच्चस्तरीय भ्रमण हुदैँ


काठमाण्डु – चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को सिचुवान प्रान्तका सचिव वाङ सियाओहुई नेपाल आउने भएका छन् । नेकपा माओबादी केन्द्रका महासचिव देव गुरुङको निमन्त्रणामा सीपीसीका प्रान्तिय सचिव सियाओहुई मंगलबार नेपाल भ्रमणमा आउन लागेका हुन् ।

सियाओहुई सीपीसी केन्द्रीय सदस्य समेत हुन् । उनि यसअघि पार्टीको प्रोपोगान्डा विभागको उप प्रमुखको भुमिकामा थिए । उनी राष्ट्रपति सी जिन्पिङको विश्वाशिला पात्र मानिन्छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणको तयारी भइरहेको बेला चिनिया पार्टीका सचिव नेपाल आउनुलाई अर्थपूर्ण रुपमा लिएको छ । आफ्नो भारत भ्रमणको तयारी गरिरहेका बेला प्रधानमन्त्री दाहालले आफ्ना विश्वासिला पात्र अग्नी सापकोटालाई यसअघि चीनको उच्चस्तरीय भ्रमणमा पठाएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement