ग्युएना अमेजन वारिवर्सलाई हराउँदै सन्दीपको टीमले जित्यो सीपीएलको उपाधि


काठमाडौँ । नेपालका लेग स्पिनर सन्दीप लामिछानेको टोली बार्बाडोस ट्रिडेन्टले ग्युएना अमेजन वारिवर्सलाई २७ रनले हराउँदै क्यारेबियन क्रिकेट लिग (सीपीएल) को उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा बार्बाडोसले अमेजन वारिवर्सलाई २७ रनले पछि पार्दै उपाधि जितेको हो ।

बार्बाडोसले दिएको एक सय ७२ रनको लक्ष्य पछ्याएको वारिवर्सले २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४४ रन मात्र बनाउन सकेको थियो । वारिवर्सका लागि ब्राडोन किङले सर्वा्धिक ४३ रन बनाए । किमो पाउलले २५ र निकोलस पुरनले २४ रन बनाए । बार्बाडोसका रेमन रिफरले चार विकेट लिए । ह्यारी गुरने र एस्ले नर्सले दुई दुई विकेट झारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बार्बाडोसले २० ओभरमा ६ विकेटको क्षतिमा एक सय ७१ रन बनाएको थियो । बार्बाडोसका जोनाथन कार्टरले अविजित ५० रन बनाए । जोनसन चाल्र्सले ३९ र एलेक्स हेल्सले २८ रन बनाए । वारिवर्सका इमरान ताहिर, वेन लघलिन, रोमारियो सेपहर्ड, किमो पउलले एक एक विकेट लिए । सन्दीप भने उक्त खेलमा सामेल थिएनन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement