एकीकृत समाजवादीले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

एकीकृत समाजवादीले बोलायो स्थायी र केन्द्रीय कमिटी बैठक, यस्ता छन् बैठकका एजेण्डा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी बैठक र केन्द्रीय कमिटी बैठक बोलाएको छ ।

भोलि (सोमबार) पार्टी स्थायी कमिटी बैठक पार्टी मुख्यालय तीनकुने र केन्द्रीय कमिटी बैठक पर्सि (मंगलबार) क्वालिटी ब्याङ्क्वेट बुद्धनगरमा बोलाइएको केन्द्रीय सदस्य गरिमा शाहले जानकारी दिइन् ।

नेकपा एमालेबाट अलग भएपछि नेकपा (एस)को पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न थालेको हो । उनका अनुसार दुवै बैठक पार्टीको सांगठनिक एकतामा केन्द्रित हुनेछन् । स्थायी कमिटीले पारित गरेका प्रस्तावलाई केन्द्रीय कमिटीमा पेस गरिनेछ ।

उनले स्थायी कमिटी बैठकले केन्द्रीय कमिटी विस्तार र ७७ जिल्लामा इन्चार्ज तोकेर केन्द्रीय कमिटीमा अनुमोदनका लागि प्रस्ताव पेस गर्ने बताइन् । यस्तै, बैठकले सातवटै प्रदेशमा प्रदेश कमिटी निर्माण गर्दै प्रदेश अध्यक्षसमेत बनाउने एजेण्डा छ ।

नेकपा (एस)मा २५१ केन्द्रीय कमिटी बनाउने भनिएकामा अहिले ११५ जना रहेका छन् । १३६ जना केन्द्रीय सदस्य मनोनीत गरेर कमिटीलाई पूर्णता दिइने बताइएको छ ।

यसैगरी बैठकले आगामी २० असोजमा हुने राष्ट्रिय सम्मेलनका लागि राजनीतिक प्रस्तावमाथि छलफल गर्ने केन्द्रीय सदस्य मेटमणि चौधरीले बताए । उनका अनुसार बैठकमा पार्टीको तीन महिने सांगठनिक कार्ययोजना बनाउने एजेण्डासमेत छ ।