वाम गठबन्धन नगर्ने एमालेको निष्कर्ष

वाम गठबन्धन नगर्ने एमालेको निष्कर्ष

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा कुनै पनि दलसँग वाम गठबन्धन नगर्ने निष्कर्ष निकालेको छ । मंगलरबार पार्टी कार्यालय च्यासलमा बसको स्थायी कमिटि बैठकले वाम गठबन्धन नगर्ने निष्कर्ष निकालेको हो ।

बैठकमा घनश्याम भुसाल लगायत केही नेताले वाम गठबन्धनको पहल गर्नुपर्ने विषय उठाएका थिए । तर, आफूलाई वामपन्थी भन्नेहरु कांग्रेस छाडेर फर्किने अवस्थामा नरहेकाले त्यसमा अलमलिन नहुने निष्कर्ष बैठकले निकालेको एक नेताले जानकारी दिए ।

‘आफेलाई वामपन्थी भन्ने प्रचण्ड र माधव नेपालहरु कांग्रेस छाड्नै नसक्नेगरी टाँसिएर गठबन्धनमा बसेका छन् । उनीहरु एमालेविरुद्ध ८ दलीय गठबन्धन बनाउने भनेर हिँडेका छन् । यस्तो बेला हामीले वामपन्थी गठबन्धन भन्नुको अर्थ छैन,’ एक स्थायी कमिटी सदस्यले भने, ‘हामीले त्यहाँभित्र भएका नेता कार्यकर्तालाई आफूतिर ल्याउने हो ।’