सार्थक सम्वाद थाल्न एमालेले गर्‍यो राष्ट्रपतिलाई आग्रह

सार्थक सम्वाद थाल्न एमालेले गर्‍यो राष्ट्रपतिलाई आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)ले संविधानको मर्म अनुरुप सार्थक सम्वाद सुरु गर्न राष्ट्रपतिलाई आग्रह गरेको छ ।

मुलुकको विषम परिस्थितिलाई ख्याल गर्दै नेतृत्वदायी पहलकदमी लिनका एमालेले राष्ट्रपति पौडेलको ध्यानाकर्षण गराएको हो ।

एमाले महासचिव शंकर पोखरेलले वक्तव्य जारी गर्दै संविधानका मर्म अनुरुप सार्थक संवाद थाल्न राष्ट्रपतिलाई आग्रह गरेका हुन् ।

विज्ञप्तिमा भनिएको छ, ‘सुशासन, नातावादको अन्त्य, तीव्र विकास र रोजगारी सिर्जना जस्ता युवा पुस्ताका सरोकारहरूलाई सम्बोधन गरिनुपर्छ । यसका लागि संविधानका मर्म अनुरूप सार्थक संवाद सुरू गर्न र नेतृत्वदायी पहलकदमी लिन सम्माननीय राष्ट्रपतिज्यूलाई ध्यानाकर्षण गराउँछौं ।’

जेनजीहरूको प्रदर्शनका क्रममा आगजनी, लुटपाट र तोडफोड जस्ता घटनाहरूमा आफ्नो पार्टीको कुनै संलग्नता नरहेको एमालेले स्पष्ट पारेको छ ।