काठमाण्डु – मेडिकल ल्याब एसोसिएसन अफ नेपालका ५० जना स्वास्थ्यकर्मीहरु नेकपा एमालेमा प्रवेश गरेका छन् ।
एसोसिएसनका केन्द्रीय कोषाध्यक्ष उत्सव चौँलागाईको नेतृत्वमा ५० जना स्वास्थ्यकर्मीहरु आज एमालेमा प्रवेश गरेका हुन् । प्रवेश गर्नेहरुमा अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघका जिल्ला सह–संयोजक हिरा लामा पनि रहेका छन् । उनीहरुलाई बागमती प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेलले स्वागत गरेका छन् ।
हेटौंडामा भएको कार्यक्रममा मुख्यमन्त्री पौडेलले अहिलेको सरकारले स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेको बताए । योे सरकारको पालामा स्वास्थ्य क्षेत्रमा आमूल परिवर्तन भएको मुख्यमन्त्री पौडेलको भनाई छ ।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य रामेश्वर राना, संविधानसभा सदस्य अनन्त पौडेल, बागमती प्रदेश सांसद जुनेली श्रेष्ठ, जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, नेकपा एमाले जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।




प्रतिक्रिया