महाधिवेशनमा होमियो एमाले

महाधिवेशनमा होमियो एमाले

संगठन विभागले जारी गर्‍यो ५ बुँदे निर्देशन, मंसिर १३ गते प्रतिनिधि छनोट

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा (एमाले)को ११ औं महाधिवेशनको प्रतिनिधि छनौटको काम सुरु भएको छ।

मंसिर २७ देखि २९ गते सम्म काठमाण्डुमा हुने ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न काम मंगलबारदेखि सुरु भएको हो । यसक लागि अधिकांश जिल्लाले निर्वाचन कार्यतालिका पनि सार्वजनिक गरेका छन् ।

एमाले संगठन विभागका सचिव माधव ढुंगेलका अनुसार अधिकांश जिल्लामा मंगलबारबाट महाधिवेशन प्रतिनिधि छनौट प्रक्रिया सुरु भएको हो ।

महाधिवेशन प्रतिनिधि सकेसम्म सर्वसम्मत र सहमति नभए मंसिर १३ गते देशैभरि र प्रवासमा पनि एकै दिन छनोट हुनेछ ।

संगठन विभागले प्रतिनिधिको उम्मेदवारी शुल्क १ हजार रुपैंयाभन्दा बढी नलिन पनि निर्देशन दिएको छ। एमालेको महाधिवेशनमा झण्डै २२ सय प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेले पार्टी सदस्यताको संख्याअनुसार ‘क्लस्टर’ छुट्याएर प्रतिनिधि चयनको मापदण्ड बनाइएको छ।

महाधिवेशनमा प्रतिनिधित्व गर्ने सबैभन्दा ठूलो क्लस्टर भनेको भूगोल हो। भुगोललाई एमालेले संघीय निर्वाचन क्षेत्रका आधारमा विभाजन गरेको छ। एमालेले पठाएको अपानिमा केन्द्रीय कमिटी, तीनवटा आयोग र केन्द्रीय सल्लाहकार परिषद्‌बाट निर्वाचितसहितका प्रतिनिधि रहनेछन्। त्यसगरी विशेष जिल्ला, प्रदेश र जनसंगठनबाट पनि प्रतिनिधि कायम हुन्छन्।

महाधिवेशन प्रतिनिधि छनोटका लागि संगठन विभागले पाँच बुँदे निर्देशन जारी गरेको छ। पार्टी स्थयी कमिटी सदस्य एवं संगठन विभागका प्रमुख काशीनथ अधिकारीका अनुसार महाधिवेशनको प्रतिनिधि छनोटका लागि निर्वाचन प्रक्रियामा प्रवेश गर्नुभन्दा पहिला सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता सूचि अनिवार्यरुपमा प्रकाशन गर्नुपर्नेछ।

यसका लागि केन्द्रीय कमिटीको पछिल्लो परिपत्रलाई आधार बनाउन निर्देशन दिइएको छ।

यसैगरी कायम भएको अन्तिम मतदाता सूचिको संख्या केन्द्रीय संगठन विभागलाई तत्काल जानकारी गराउन पनि विभागले निर्देशन जारी गरेको छ।

यस्तै मंसिर १२ गते साँझसम्म सर्वसहमतिका लागि अन्तिम प्रयास गर्ने र सो नभएमा मंसिर १३ गते निर्वाचन प्रक्रियामा गएर प्रतिनिधि छनोट गर्न निर्देशन जारी गरिएको छ।

विभागको यो निर्देशनअनुसार कुनै पनि बहानामा मंसिर १३ गते गर्नु पर्ने प्रतिनिधि छनोटको कार्यक्रम सार्न पाइने छैन।