काठमाण्डु – नेकपा एमालेले चर्को मूल्य वृद्धिविरुद्ध प्रदर्शनको तयारीमा जुट्न सबै जन संगठनहरुलाई निर्देशन दिएको छ ।
बिहीबार पार्टी कार्यालय च्यासलमा बसेको जनसंगठनका प्रमुख र प्रचार प्रमुखहरूको बैठकले यही साउन १६ गते गरिने प्रदर्शनको तयारीमा जुट्न र प्रचारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएको हो ।
बैठकले प्रदर्शनमा सबै जनसंगठनहरू आ–आफ्ना व्यानर र झण्डासहित बसन्तपुरमा उपस्थित हुन निर्देशन गरेको छ ।
बुधबार महासचिव शंकर पोखरेलको अध्यक्षतामा बसेको बैठकले चर्को महङ्गीविरूद्ध यही साउन १६ गते जनप्रदर्शन गर्ने निर्णय गरेको थियो ।
बैठकमा बोल्दै महासचिव पोखरेलले महङ्गीविरूद्धको जनप्रदर्शनलाई प्रभावकारी बनाउनुपर्ने र त्यसका लागि जनसंगठनहरूको भूमिका महत्वपूर्ण हुने बताए । पार्टीका स्थायी कमिटीका सदस्य तथा सांसद कृष्णगोपाल श्रेष्ठको संयोजकत्वमा जनप्रदर्शन तयारी कमिटी बनाइएको छ ।




प्रतिक्रिया