काठमाण्डु – घरेलु मैदानमा जारी त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय शृंखलाअन्तर्गत नेपालले पपुवा न्युगिनी (पीएनजी)लाई विशाल लक्ष्य प्रस्तुत गरेको छ । टियु क्रिकेट मैदानमा पीएनजीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएपछि ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै २०३ रन बनाएको हो ।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले अर्धशतकिय पारी इंनिङ्सको योगदान दिए । उनले बलमा ४ छक्का र ३ चौकाको मदतमा सर्वाधिक ६६ रन जोडे । त्यस्तै, ओपनरद्वय कुशल भुर्तेल १७ रन तथा आसिफ शेख ३८ रनमा आउट भए । त्यसपछि मध्यक्रम सम्हालेका रोहित पौडेलले ४१ रन बनाए । साथै आजै नेपाली सिनियर टोलीमा डेब्यू गरेका आदिल अन्सारीले ३१ रन जाेडे । उनले एकै ओभरमा ३२ रन जाेडे । उनले नाे बलमै ७ रन जाेडेका थिए ।
बलिङतर्फ पीएनजीका रिले हेकुरेले २ विकेट लिए भने नर्मन भनुआ र नाैसेन पाेकनाले समान एकएक विकेट लिए । नेपाल आज पीएनजीलाई हराएर एक खेलअघि नै फाइनल पुग्न चाहन्छ । सिरिजको पहिलो खेलमा नेपालले पीएनजीलाई नै १५ रनले हराउँदा दोस्रो खेलमा बुधबार मलेसियालाई ६ विकेटले हराएको थियो । नेपाल २ खेलबाट ४ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ । पीएनजीले दुई खेलमा अंक जोड्न सकेको छैन ।




प्रतिक्रिया