नेपाल जिम्बावे ‘ए’ सँग पराजित

नेपाल जिम्बावे ‘ए’ सँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- जिम्बावे ‘ए’विरुद्धको टि२० सिरिजको पहिलो खेलमा नेपाल पराजित भएको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपाल जिम्बावे ‘ए’सँग ६ विकेटले पराजित भएको हो ।

नेपालले दिएको १८२ रनको लक्ष्य जिम्बावे ‘ए’ले १८.५ ओभरमा ४ विकेट गुमाउँदै पुरा गर्यो । जिम्बावे ‘ए’का लागि कप्तान टिनोटेन्डा मुटोम्बोड्जीले विस्फोटक ब्याटिङ गरे । मुटोम्बोड्जीले २३ बलमा ७ छक्काको मद्धतमा ५० रनको योगदान गरे । ओपनर तडिवानासे मरुमणिले ४१ बलमा ३ चौका र ३ छक्काको मद्धतमा ५६ रन बनाए ।

यस्तै, अर्का ओपनर इनोसेन्ट कैयाले ४७ रन, कुडजाइ मौन्जेले ८ रन, रोय काइयाले ९ रन, क्लाइभ मडान्डे ८ रनमा नट आउट रहे । नेपालका लागि बसिर अहमदले दुई विकेट लिँदा कप्तान सन्दिप लामिछाने र करन केसीले एक/एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १८१ रन बनाएको थियो ।

नेपालका लागि विष्फोटिङ ब्याटिङमा उत्रिएका आदिल अन्सारीले सर्वाधिक ४७ रन बनाए । त्यस्तै, ओपनर कुशल भुर्तेलले ४६ रन जोडे भने रोहित कुमार पौडेलले ३६ तथा दीपेन्द्रसिंह ऐरी २८ रनमा आउट भए । ओपनर आशिफ शेख ९ रनमै पेभेलियन फर्किए । बलिङतर्फ जिम्बावेका लुक जोंगवे, जोन मसारा तथा ब्राण्डन माभुता, ब्राड इभान्सले समान एक/एक विकेट लिए ।