प्रधानमन्त्री एकदिवसीय क्रिकेट :आर्मीद्वारा पुलिससामु १२५ रनको चुनौती प्रस्तुत


काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधिका लागि त्रिभुवन आर्मीले पुलिससामु १ सय २५ रनको चुनौती प्रस्तुत गरेको छ । पवन सर्राफ र ललितनारायण राजवंशीको घातक बलिङ मद्दतमा प्रतियोगिताको फाइनलमा नेपाल पुलिस क्लबले त्रिभुवन आर्मी क्लबलाई १ सय २५ रनको सामान्य स्कोरमा रोकेको हो ।

टस जितेर पहिले ब्याटिङमा उत्रिएको आर्मी ३३ दशमलव ३ ओभरमा १ सय २५ रनमा समेटिएको हो । सोमपाल कामी र राजु रिजालले पहिलो विकेटका लागि ७२ रनको साझेदारी गरेपनि मध्य र पछिल्ला क्रमका ब्याट्सम्यान चल्न नसक्दा आर्मी सामान्य योगफलमै सीमित बन्यो ।

कामीले ३५ र रिजालले ३२ रन बनाए । भीम सार्की २० र रोहित कुमार पौडेल १८ रन बनाएर पवेलियन फर्किए । आर्मीका अन्यले गतिलो ब्याटिङ गर्न सकेनन् । उसलाई कम स्कोरमा समेट्न ललित नारायण राजवंशी र पवन सर्राफले समान ४ तथा सागर ढकालको नाममा एक विकेट रहृयो । आर्मीका एक ब्याट्सम्यान रनआउट भए । सेमिफाइनलमा आर्मीले प्रदेश ३ लाई तथा पुलिसले एपीएफलाई हराउँदै उपाधि यात्रा तय गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement