नेपाल स्कटल्याण्डसँग पराजित

नेपाल स्कटल्याण्डसँग पराजित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु  – आईसीसी विश्वकप लिग टूको त्रिदेशीय सिरिज अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा हार व्यहोरेको छ।

नामिबियाको युनाईटेड क्रिकेट क्लब ग्राउण्डमा आइतबार भएको खेलमा स्कटल्याण्ड नेपाललाई तीन विकेटले पराजित गर्दै शीर्ष स्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ३८ रनको विजयी लक्ष्य पछ्याएको स्कटल्यान्डले ३२.१ ओभरमा ७ विकेट गुमाउँदै पूरा गर्यो । स्कटल्याण्डको लागि क्रिटोफर म्याकब्रिडीले ४७ बलमा ४३ रन बनाए । ब्रेन्डन म्याकमुलनले अविजित ३ तथा मिचेल लिक्सले २२ रन बनाए । जर्ज मुन्सी १७ रनमा आउट भए ।

नेपालका लागि सागर ढकाल,ललित नारायण राजवंशी र गुल्सन झाले समान २/२ विकेट लिए । दीपेन्द्र सिंह ऐरीले १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपाल ४०.१ ओभरमा १ सय ३७ रनमा अल आउट भयो । नेपालका गुलशन झाले २९ बलमा ३ चौका र १ छक्कासहित सर्वाधिक २९ रन बनाए ।

स्कटल्याण्डका क्रिस सोलले ३ तथा मार्क वाटले २,मिचेल लेग्स,ब्राण्डन म्याकमुलेन,सफियान सरिफले समान १/१ विकेट लिए ।