मेरिलेबोन क्रिकेट क्लबसँग नेपालको लज्जास्पद हार


काठमाडौं – मेरिलेबोन क्रिकेट क्लब (एमसीसी)सँगको तीन दिवसिय क्रिकेटमा नेपाली राष्ट्रिय क्रिकेट टोली पराजित भएको छ । एमसीसीले प्रस्तुत गरेको ३९३ रनको लक्ष्य पछ्याएको नेपालले ४० ओभरमा सम्पूर्ण किवेट गुमाउँदै १८४ रन बनाउन सक्यो ।

एमसीसीले पहिलो इनिङमा एमसीसी ३६४ रनमा अल आउट भएको थियो । नेपाल १५३ रनमा अल आउट हुँदै २११ रनले पछि परेको थियो । दोस्रो इनिङमा एमसीसीले १८१ रनमा ६ विकेट गुमाउँदै इनिङ समाप्तीको घोषणा गरेको थियो ।

समग्रमा नेपाल २०८ रनले पछि पर्दै पराजित भएको हो । नेपालका लागि सोमपाल कामीले अर्धशतकीय पारी खेले । सोमपालले नेपालका लागि ५१ रनको महत्वपूर्ण योगदान गरे । पहिलो इनिङस्मा भने नेपालका लागि सोमपालले राम्रो प्रदर्शन गर्न सकेका थिएनन् ।

त्यसपछि दोस्रो इनिङस् खेलेको नेपालले मात्र रन बनाउँन सक्यो । नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले ६ रन बनाउँदै आउट भए । शरद भेषवाकर १४ रन बनाउँदै नेपालका लागि दोस्रो विकेटको रुपमा आउट भए । ३१ रन बनाउँदै राजु रिजा तेस्रो विकेटको रुपमा आउट हुँदा विनोद भण्डारी र दिपेन्द्र ऐरीले रन नबनाएरनै आउट भए । नेपालका लागि पवन सरार्फले रन नबनाएर नै आउट भए ।

त्यसपछि नेपालको आठौं विकेटका लागि सोमपाल कामी र करण केसीले महत्वपूर्ण रनको साझेदारी गरे । दुबै जनाले ३६ रनको साझेदारी गरे । करण केसी १८ रन बनाउँदै आउट भएका थिए । त्यसपछि नेपालका सन्दीप लामिछानेले २५ रन बनाउँदै एलबीडब्लु आउट भएका थिए ।

पहिलो दिनको इनिङस्मा नेपालका लागि सन्दीप लामिछानेले सर्वा्धिक ३९ रनको योगदान गरेका थिए । विनोद भण्डारीले ३६ रन बनाएर आउट भएका थिए । नेपालको अन्तिम वकेटका लागि सन्दीप र ललित नारायण राजवंशीले ४२ रनको साझेदारी गरेका थिए ।
त्यस्तै सोमपाल कामीले २६ रनको योगदान गरे । कप्तान ज्ञानेन्द्र मल्ल रन नबनाएर आउट भएका थिए । शरद भेषवकरले पनि नेपालका लागि धेरै रन जोड्न सकेनन् । उनी चार रनमा आउट भएका थिए ।

नेपालका लागि ओपनरमा आएका राजु रिजाल ८ रनमा आउट भएका थिए । दीपेन्द्र सिंह ऐरी १ रनमा आउट भएका थिए । आरिफ शेखले १० रन जोड्दै क्याच आउट भए । पवन सरार्फ र करण केसी समान दुई–दुई रनमा क्याच आउट भएका थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement