काठमाण्डु- एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत मंगलबारको उद्घाटन खेलमा नेपालले मलेसियालाई पराजित गरेको छ।
त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कुशल मल्ल र भीम सार्कीले सतकीय साझेदारी गरेपछि नेपालले ६ विकेटले मलेसियालाई पराजित गरेको हो । नेपालले जितका लागि पाएको २३६ रनको लक्ष्य ३६. २ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो ।
नेपाललाई जिताउन भीम सार्कीले ७१ रन बनाए । कुशल मल्ल ७० रनमा नट आउट रहे । रोहित पौडेलले ४२ र कुशल भुर्तेलले ३८ रन बनाए । आसिफ सेख १ रनमा आउट भए ।




प्रतिक्रिया