मैत्रीपूर्ण खेलमा सचिनको टिमले विनोदको टिमलाई हरायाे !


काठमाडौं – भारतीय क्रिकेटर सचिन तेन्दुलकर र नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान विनोद दासको टिमबीच भएको मैत्रीपूर्ण खेलमा सचिनको टिम विजयी भएको छ ।

शनिबार त्रिवि क्रिकेट मैदानमा भएको १० ओभरको मैत्रीपूर्ण खेलमा सचिनको टिम ब्लुले विनोदको रेडलाई ६ विकेटको हराएको हो ।

विनोदको टिमले दिएको ४५ रनको लक्ष्य सचिनको टिमले ८ ओभरमा पूरा गर्यो । सचिनले ७ रन बनाएका थिए ।  सचिन शुक्रबार राति नेपाल आइपुगेका थिए ।

बालअधिकारसम्बन्धि महासन्धि पारित भएको ३० वर्ष पूरा भएको उपलक्ष्यमा नेपालस्थित युनिसेफ कार्यालयले मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको आयोजना गरेको हो । सचिन युनिसेफका सद्धभावना दूत हुन् ।

प्रतिक्रिया दिनुहोस
Advertisement