एसीसी प्रिमियर कप: आज खेल हुन नसके कसरी हुन्छ छिनोफानो ?

एसीसी प्रिमियर कप: आज खेल हुन नसके कसरी हुन्छ छिनोफानो ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिसी प्रिमियर कपको फाइनलमा नेपाल र यूएईबीचको खेल वर्षाका कारण फेरि रोकिएको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा यूएईले २७.३ ओभरमा ९ विकेट गुमाएर १०६ रन बनाउँदा पानी परेपछि खेल रोकिएको हो ।

यसअघि पनि १६ ओभरमा नेपाल र यूएईबीचको खेल पानि परेपछि रोकिएको थियो। यदि आज वर्षाका कारण खेल हुन हुन नसके बाँकी खेल भोलि खेलाइने कार्यतालिका तय गरिएको छ ।

बाँकी खेल मौसमका कारण भोलि पनि हुन नसके सुपर ओभरमा पुग्नेछ । सुपर ओभर पनि हुन नसके नेपाल ओडीआई वरीयताको आधारमा एसिया कप पुग्नेछ ।