महिला टि २० क्रिकेटः मलेसियाविरुद्ध नेपालकाे लगातार दाेस्राे जित

महिला टि २० क्रिकेटः मलेसियाविरुद्ध नेपालकाे लगातार दाेस्राे जित

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- घरेलु टोली मलेसियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजको तेस्रो खेलमा नेपाल विजयी भएको छ । नेपालले मलेसियालाई तेस्रो खेलमा २७ रनले पराजित गरेकाे हाे । यससँगै सिरिजमा नेपालले २-१ को अग्रता लिएको छ ।

नेपालले दिएको एक सय ११ रनको लक्ष्य मलेसियाले २० ओभर पूरा खेल्दा ४ विकेट गुमाएर ८३ रन मात्र बनाउन सक्यो। नेपालका लागि कविता कुँवर, सीता राना मगर र इन्दु बर्माले १–१ विकेट लिए । मलेसियाका लागि माहिरा इज्जती इस्माइलले अविजित ४४ रन र विनिफ्रेड एनी दुराईसिंगमले २० रन को योगदान दिइन्।