नेपाललाई झट्का, पारस खड्का १ रनमा आउट

नेपाललाई झट्का, पारस खड्का १ रनमा आउट


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) टि–ट्वानटी प्रतियोगितामा श्रीलंकाविरुद्ध खेलिरहेको नेपालको पहिलो विकेट पतन भएको छ ।

नेपाली टोलीको इनिङस् सुरुआत गर्न आएका पारस खड्का १ रनमै आउट भए । उनी दोस्रो ओभरको दोस्रो वलमा आउट भएका हुन् ।

कीर्तीपुरस्थित टियु मैदानमा टस हारेर नेपालले व्याटिङको निम्तो पाएको हो । नेपाली राष्ट्रिय क्रिकेट पुरुष र श्रीलंकाको २३ वर्षमुनिको टोलीविरुद्ध खेल्दैछ ।