एसिया कप क्रिकेट : ७ ओभर खेल्दा भारतका २ खेलाडी ‘आउट’

एसिया कप क्रिकेट : ७ ओभर खेल्दा भारतका २ खेलाडी ‘आउट’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – एसिया कप क्रिकेटअन्तर्गत भारत र पाकिस्तानबीचको खेल पुनः शुरू भएको छ ।

वर्षाका कारण केहीबेर रोकिएको खेल पुनः शुरू भएको हो ।

समूह ‘ए’को दोस्रो खेलमा टस जितेको भारतले ब्याटिङ रोजेपछि पाकिस्तान बलिङ गरिरहेको छ ।

पुनः मैदानमा उत्रिँदा भारतका २ खेलाडी आउट भएका छन् । भारतका रोहित शर्मा र विराट कोहली आउट भएका छन् ।

भारतले ७ ओभर खेल्दासम्म २ विकेट गुमाएर ३० रन बनाएको छ ।