वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द, दुवै टिमले एक-एक अंक बाँडे

वर्षाका कारण भारत र पाकिस्तानबीचको खेल रद्द, दुवै टिमले एक-एक अंक बाँडे

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- एसिया कप अन्तर्गत भारत र पाकिस्तानबीचको खेल रद्द भएको छ। भारतले दिएको २६७ रनको लक्ष्यमा पाकिस्तानले ब्याटिङ गर्न नपाउँदै खेल वर्षाका कारण रद्द भएको हो।

समूह ‘ए’ को यो खेल रद्द भएसँगै दुवै टिमले एक एक अंक बाँडेका छन् । अघिल्लो खेलमा नेपाललाई हराएको पाकिस्तान सुपर फोरमा पुगेको छ। अब नेपाल र भारतबीच सोमबार हुने खेलपछि सुपर फोरमा पुग्ने दोस्रो टिमको टुंगो लाग्नेछ। नेपाल र भारतबीचको खेलको विजेता सुपर फोरमा पुग्नेछ।

त्यसअघि श्रीलंकाको पल्लेकेलेमा टस जितेर पहिले ब्याटिङ गरेको भारत ४८.५ ओभरमा २६६ रनमा अलआउट भएकाे थियाे। भारतका लागि हार्दिक पाण्डेयले ८७ र इसान किसानले ८२ रन बनाउनुबाहेक अरु ब्याटरले उल्लेख्य रन जोड्न सकेनन् । पाकिस्तानका साहिन शाह अफ्रिदीले ४ तथा नसिम शाह र हरिस रउफले समान ३/३ विकेट लिए ।