काठमाण्डु- एसिया कप अन्र्तगत भारत र पाकिस्तानबीचको खेलमा वर्षा बाधक बनेपछि ‘रिजर्भ डे’ मा धकेलिएको छ। आइतबार श्रीलंकामा भएको खेलमा भारतले २४.१ ओभरमा १४७ रन बनाएपछि बर्षा भएको थियो।
वर्षा नरोकिए पछि खेल ‘रिजर्भ डे’ मा लगिएको हो । ‘रिजर्भ डे’ को खेल सोमबार दिउँसो नेपाली समय अनुसार ३ः १५ बजे २४.१ ओभरबाटै खेलाईनेछ । दुवै टिमले पुरा ५० ओभर ब्याटिङ गर्न पाउनेछन् । तर, सोमबार पनि वर्षा भएमा डीएल मेथडबाट नतिजा घोषणा हुनेछ ।
खेलमा अहिलेसम्म भारत बलियो देखिएको छ। ओपनर रोहित शर्मा र शुभमान गीलले आक्रामक सुरुवात गरेका थिए। शर्माले ५६ र गिल ५८ रन बनाएर आउट भएका छन्। विराट कोेहली ८ र केएल राहुल १७ रनका साथ क्रिजमा रहेका छन्। पाकिस्तानका लागि शहिन शाह अफ्रिदी र सदाब खानले एक एक विकेट लिएका छन्।




प्रतिक्रिया