एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

एसियाली खेलकुदका लागि नेपाली क्रिकेट टोलीको घोषणा

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – १९औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली पुरुष राष्ट्रिय क्रिकेट टोलीको घोषणा गरिएको छ ।

रोहित पौडेल कप्तान रहेको क्रिकेट टीममा करन केसी, प्रतिस जिसी, आसिफ शेख, कुशल मल्ल, गुल्सन झा, सोमपाल कामी, सन्दिप जोरा छन् ।

टीममा विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजबंशी, विवेककुमार यादव, अविनाश बोहरा र सन्दीप लामिछाने अटाएका छन् ।