बंगलादेशसँग नेपाल पराजित, फाइनल पुग्ने सम्भावना टुंगियो


काठमाडौं – १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगतको पुरुष क्रिकेटमा नेपाल बंगलादेशसँग पराजित भएको छ । पराजित भएसँगै फाइनल पुग्न नेपालको सम्भावना टुंगिएको छ ।

बंगलादेशले नेपाललाई दिएको १५६ रनको लक्ष्य नेपालले भेट्टाउन सकेन । बंगलादेशले पूरै २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो ।

जवाफी व्याटिङमा उत्रिएको नेपाल ४४ रनले पराजित भएको छ । नेपालले ९ विकेटको क्षतिमा जम्मा १ सय ११ रन मात्रै बनायो ।

पारस खड्काले १६ बलमा २ चौकासहित ९ रन बनाएर आउट भए ।  नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले सर्वाधिक ४३ रन बनाए ४३ नै बल सामना गरेका उनले ३ चौका र १ छक्का प्रहार गरे । त्यसपछि उपकप्तान दीपेन्द्रसिंह ऐरीले १३ बलमा १६ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले खासै योगदान गर्न सकेनन् । अभिनाश बोहरा र ललित राजवंशीले अन्तिममा १८ रनको साझेदारी गरे । अभिनाश १३ र ललित ५ रनमा नट आउट रहे ।

बंगलादेशका लागि सोमन खान, तानवीर इस्लाम, सौम्य सरकार र महेदी हसनले २–२ विकेट लिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement