प्रधानमन्त्री कप पुरुष क्रिकेटमा आर्मी र गण्डकी भिड्दै


काठमाण्डु ङ प्रधानमन्त्री कप एक दिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको उद्घाटन खेलमा नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र गण्डकी प्रदेश भिड्दै छन् ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर आर्मीले ब्याटिङ गर्ने निर्णय गरेको हो । आर्मीले केहीबेर अघिसम्म २३ ओभरमा तीन विकेट गुमाउँदै ९६ रन बनाएको छ । आर्मीका लागि प्रारम्भिक ब्याट्सम्यान राजु रिजालले ७१ बलमा ४५ रन बनाए । यस क्रममा उहाँले एक छक्का र चार चौका प्रहार गरे ।

यस्तै हरिकृष्ण झा १४ रन बनाएर पवेलियन फर्किए । उनले ४८ बल खेल्दै एक चौका हाने । यसैगरी रोहित पौडेलले १० रन मात्र बनाए । अहिले कप्तान विनोद भण्डारी र भीम सार्कीले ब्याटिङ गरिरहेका छन् ।

यस्तै बलिङतर्फ गण्डकीका लागि यही माघ १७ गतेसम्म चल्ने प्रतियोगितामा सात प्रदेश तथा तीन विभागीय टोलीको सहभागिता रहेको छ । सहभागी १० वटै टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ए मा त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, गण्डकी प्रदेश, प्रदेश नं १ र कर्णाली प्रदेश तथा समूह बी मा नेपाल पुलिस क्लब, वाग्मती प्रदेश, लुम्बिनी प्रदेश, प्रदेश नं २ र सुदूरपश्चिम प्रदेश छन् । दुवै समूहको शीर्ष दुई दुई टोलीले सेमिफाइनलको यात्रा तय गर्नेछन् । फाइनल खेल माघ १७ गते त्रिवि खेल मैदानमा हुनेछ ।

राष्ट्रिय खेलकूद परिषद् (राखेप)को आर्थिक सहयोगमा क्यानले प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता आयोजना गरिएको हो । यसअघि प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिता दाङको लमहीमा सम्पन्न भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement