अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरले लिए सन्यास

अन्तर्राष्ट्रिय क्रिकेटबाट डेभिड वार्नरले लिए सन्यास

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु-अस्ट्रेलियाका ओपनर डेभिड वार्नरले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

अस्ट्रेलिया आईसीसी टी–२० विश्वकप क्रिकेटको सुपर–८ बाट बाहिरिएपछि वार्नरले १५ वर्षे अन्तर्राष्ट्रिय करियरमा पूर्णबिराम लगाएका हुन् ।

आफ्नो अन्तिम अन्तर्राष्ट्रिय खेलमा वार्नरले भारतविरुद्ध मात्र ६ रन बनाउन सके । वार्नरले आफ्नो अन्तिम एक दिवसीय गत नोभेम्बरमा भएको विश्वकपमा भारतविरुद्ध र टेष्ट गत जनवरीमा पाकिस्तानविरुद्ध खेलेका थिए ।

३७ वर्षे वार्नरले पहिलो टी–२० र पहिलो एक दिवसीय २००९ को जनवरीमा दक्षिण अफ्रिकाविरुद्ध तथा पहिलो टेष्ट २०११ मा न्युजिल्यान्डविरुद्ध खेलेका थिए।

आफ्नो अन्तर्राष्ट्रिय करियरमा उनले ११२ वटा टेष्ट म्याचमा ८,७८६ रन, १६१ वटा एक दिवसीयमा ६,९३२ रन र ११० वटा टी–२० मा ३,२७७ रन बनाएका छन् ।