सीएमसी कर्पोरेट कप क्रिकेट भदौ १४ देखि हुने

सीएमसी कर्पोरेट कप क्रिकेट भदौ १४ देखि हुने

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

चितवन – चितवन जिल्ला क्रिकेट संघको आयोजनामा भदौ १४ गतेदेखि १७ गतेसम्म ‘सीएमसी कर्पोरेट कप क्रिकेट प्रतियोगिता’ हुने भएको छ ।

संघले बुधबार पत्रकार सम्मेलनको आयोजना गरी प्रतियोगिताको बारेमा जानकारी गराएको हो । भरतपुर महानगरपालिका–३ बाह्रघरेमा रहेको खेलमैदानमा प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

प्रतियोगितामा चितवन र नवलपुरका विभिन्न संघ संस्थाको सहभागिता रहने छ । १६ संस्थाको सहभागिता रहने प्रतियोगिता ८ ओभरको हुने संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए । उनका अनुसार प्रतियोगिता बिहान र साँझको समयमा मात्रै हुनेछ ।

लिग विधामा रहेर खेलाइने प्रतियोगितामा प्रथम हुनेलाई नगद ५० हजार र द्वितीय हुनेलाई नगद २५ हजारसहित ट्रफी तथा मेडल प्रदान गरिने छ ।

पत्रकार सम्मेलनमा चितवन मेडिकल कलेज (सीएमसी) का प्रमुख प्रशासक प्रताप देवकोटाले सामाजिक उत्तरदायित्वअन्तर्गत रहेर प्रतियोगिता गर्न लागिएको बताए । खेल क्षेत्रले मानव स्वास्थ्यलाई सकारात्मक प्रभाव पार्ने भएकाले यस क्षत्रको विकासमा आफूहरू सधैं तत्पर रहने बताए । यस्ता प्रतियोगिताले भरतपुर भ्रमण वर्षलाई सफल बनाउने समेत सहयोग पुग्ने उनको भनाइ थियो ।

प्रतियोगितामा सबै कर्पोरेट संघसंस्थाका कर्मचारी सहभागी हुने आयोजकले जनाएको छ ।